भदौ २७,गोरखा । रुखको हाँगा काट्ने क्रममा नेपाली सेनामा कार्यरत गोरखा दुई जनाको ज्यान गएको छ । ब्यारेकभित्र रहेको विजुलीको तार पन्छ्याउन रुखको हाँगा काट्ने क्रममा करेण्ट लागेर दुईजनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी सूर्यबहादुर थापाले बताए ।
चितवनस्थित सैनिक ब्यारेकभित्र रुखको हाँगा काट्ने क्रममा उनिहरुको करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा शक्तिखोरस्थित सिँहनाथ गणमा कार्यरत गोरखाको शहिद लखन गाउँपालिका ६ बतासे निबासी सुवेदार राजुबाबु श्रेष्ठ र गोरखा नगरपालिका ११, बाह्रकिलो निबासी सैनिक जवान साजन कुमालको मृत्यू रहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यू भएको भएको थियो भने कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको उनकाे भनाई छ । मृतक श्रेष्ठ नेपाली सेनाको सुबेदार र अर्का मृतक कुमाल नेपाली सेनाको जवान थिए ।