Home समाचार १६ लाख लगानीमा अदुवा खेत तर्फ गाेरखाका किसान

१६ लाख लगानीमा अदुवा खेत तर्फ गाेरखाका किसान

आइतवार, भदौ २८, २०७७
0
202

गोरखा २८, भदौ । गोरखाको भीमसेन थापा गाउँपालीका वडा नं ७ र ८ मा नारायणपुरमा अदुवा खेती बिस्तार गरिएको छ । अदुवाको पकेट क्षेत्र घोषणा गरिएका ति क्षेत्रमा कृषि ज्ञान केन्द्र गोरखाको साझेदारीमा करिब २ सय रोपनि जमिनमा अदुवा खेती गरिएको नारायणपुर कृषि सहकारीका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । कृषि ज्ञान केन्दको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा हामीले अदुवा खेती बिस्तार गरेका हौ, उनले भने ।

नारायणपुर अदुवा पकेट क्षेत्र सञ्चालक समितिले १६ लाखको लगानीमा नारायणपुर, लेखापाखा, ऐरीभञ्ज्याङ, सिमलटार, क्यामुन्टार लगायतका स्थानमा अदुवा खेती गरेको अध्यक्ष पाण्डेले बताए । उनका अनुसार नारायणपुरमा मात्र १७ रोपनि क्षेत्रफलमा अदुवा खेती गरिएकाे छ ।सबै स्थानमा आधुनिक पद्धतीबाट अदुवा खेती गरिएको उहाँको भनाई छ ।

भीमसेन थापा गाउँपालीका ७ र ८ मा अदुवा उत्पादन राम्रा हुने भएकाले अदुवाको पकेट क्षेत्र अन्तरगतको कार्यक्रम लागु भएको नारायणपुर अदुवा पकेट क्षेत्र सञ्चालक समितिका संयोजक रेवती प्रसाद गोतामेले बताए  ।

पकेट क्षेत्रका किसानहरुलाई ४ वटा हाते ट्याक्टर, स्प्रे १० वटा र अदुवाका लागी आवश्यकता अनुसार औषधि बिषादी समेत वितरण गरेको उनकाे भनाइ छ । “अहिले बर्षाको समयमा आकाश बाट नै पर्ने पानी पर्याप्त भएपनि हिउँदको समयमा खडेरी पर्न सक्छ, त्यसैले सिंचाइको लागी पाइप समेत उपलब्ध गराईएको छ ।

उनका अनुसार नारायणपुरमा अदुवा संकलन केन्द्र समेत निर्माण गरिएको छ । यस बर्ष उत्पादन गरिएका सबै अदुवा बिऊका रुपमा प्रयोग गरिने छ । “अहिले अदुवा बारीमा झार उम्रिएकाले हामीले गोडमेलमा बिषेश ध्यान दिएका छौ” उनले भने। अदुवा खेतीको गोडमेल र अवस्थाका बारेमा भिमसेन थापा गाउँपालीका ७ का वडा अध्यक्ष र वडा सदस्यले समेत अनुगमन गरेका छन् ।

NO COMMENTS