गजल

आइतवार, भदौ २८, २०७७
0
130

हमेसा भइरहन्छन् आँखा टिलपिल भएर के गर्नु
आफ्नै आगनमा खुसीको महेफील भएर के गर्नु

मट्टीतेल नपाएर अन्धकारमा छ, मेरो कर्णाली,
शहरका गल्ली गल्लीमा झिलमिल भएर के गर्नु

उसको पत्थरको मन कहिल्यै पगाल्न सकिएन
मसँग उसैको दुखाइमा दुख्ने दिल भएर के गर्नु

यो जिन्दगीको परीक्षा हो, जित्नु छ जसरी पनि
पानीमा आगो सल्काउन मुस्किल,भएर के गर्नु!

वर्षौदेखि श्रीमानबाटै स्वयं अन्यायमा परेकी छुँ
अदालतमा आफ्नै श्रीमान वकिल भएर के गर्नु                                                                     विमला विकिरण
कालिकोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here