Home समाचार ऋषिङ गाउँपालिकामा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

ऋषिङ गाउँपालिकामा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

आइतवार, भदौ २८, २०७७
0
148

ऋषिङ, भाद्र २८

तनहुँको दक्षिणी भेगमा अवस्थित ऋषिङ गाउँपालिकामा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बार्षिक समिक्षा कार्यक्रम ऋषिङ गाउपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ ज्यु को अध्यक्षतामा भएको थियो भने उक्त कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य झुल बहादुर आले रहनु भएको थियो । प्रमुख अतिथि आलेले पानशमा बत्ति बालेर कार्यक्रम उदघाटन गर्नु भएको थियो । कार्यक्रममा ऋषिङ गाउपालिकाका प्रवक्ता विजय दरैले स्वागत मन्तब्य राख्नुभएको थियो।

आर्थिक बर्ष २०७७/७८ काे याेजनाकाे किताब विमाेचन गर्दै सार्बजनिक गर्नु भएको थियो । कार्यक्रमकी विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष गिनु माया थापा, प्रमुख प्रशासकिय अधिकृत चन्डिका पाैडेल, वडाध्यक्ष,कार्यपालिका सदस्य गाउँ सभा सदस्यहरुले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न कार्यलयका प्रमुखहरु, प्रशासन शाखा अधिकृत तथा योजना शाखा प्रमुख चिन वहादुर रानाभाट, लेखा शाखा अधिकृत दिनेश कुमार तिमिल्सिना, शिक्षा शाखा प्रमुख सुवास चन्द्र रानाभाट, प्राविधिक शाखा अखिल सुवेदी, स्वास्थ्य शाखा प्रमुख लाेक बहादुर थापा, राेजगार शाखा प्रमुख करुणा पुलामी मगर आ-आफ्नो शाखाकाे प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।

साथै सम्पुर्ण वडा सचिवहरुले पनि आफ्नो वडाको प्रगती र कार्यक्रमहरुको बारेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । गाउँपालिका कर्मचारी, भुकम्प पुर्ननिर्माण जिल्ला कार्यन्वयन इकाई शाखा अधिकृतको पनि कार्यक्रममा उपस्थिती रहेको थियो । कार्यक्रममा पालिकामा विगतमा भएका कामहरुको गहन समिक्षा र अबका भावि याेजनाहरु बारेमा महत्वपूर्ण छलफल भएको थियाे ।

 

NO COMMENTS