सरकारी स्वामित्वकाे नेपाल टेलिकमले यही असोज ३ गतेको संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब रअनलिमिटेड फेसबुक डेटा प्याक उपलब्ध गराउने भएको छ ।टेलिकमले यही असोज २ देखि ४ गतेसम्मका लागि ५५ रुपैयाँमा अनलिमिटेड युट्युब तथा ५५ रुपैयाँमै अनलिमिटेड फेसबुक प्याक खरिद गर्न सकिने जनाएको छ । उक्त प्याकेज तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै कम्पनीले अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एडअन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डेटा प्याक खरिद गरी डेटा प्रयोग गर्न सक्ने जनाएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । नेपाल टेलिकमकाे याे प्याक खरिद गर्नकाे लागि *1415# डायल गरी 11 थिच्नु पर्छ वा साेझै *1415*11# डायल गरी प्राप्त गर्न सकिने छ ।
नेपाल टेलिकमले विभिन्न समयमा विभिन्न अफरहरु दिने गर्दछ अहिले अनलाइन शिक्षालाई सहजीकरण गर्ने उद्देश्यअनुरूप विद्यालय तथा कलेजमा पढ्ने विद्यार्थीहरुका लागि सस्तो इ शिक्षा डेटाप्याक पनि उपलब्ध गराइरहेको छ।