५५ रुपैयाँमा टेलिकमकाे फेसबुक र युट्युब अनलिमिटेड प्याक

शुक्रबार, असाेज २, २०७७
0
215

सरकारी स्वामित्वकाे नेपाल टेलिकमले  यही असोज ३ गतेको संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब रअनलिमिटेड फेसबुक  डेटा प्याक उपलब्ध गराउने भएको छ ।टेलिकमले  यही असोज २ देखि ४ गतेसम्मका लागि ५५ रुपैयाँमा अनलिमिटेड युट्युब तथा ५५ रुपैयाँमै अनलिमिटेड फेसबुक प्याक खरिद गर्न सकिने जनाएको छ । उक्त प्याकेज तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै  कम्पनीले  अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एडअन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डेटा प्याक खरिद गरी डेटा प्रयोग गर्न सक्ने जनाएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । नेपाल टेलिकमकाे याे प्याक खरिद गर्नकाे लागि *1415#  डायल गरी 11 थिच्नु पर्छ  वा साेझै  *1415*11# डायल गरी प्राप्त गर्न सकिने छ ।

नेपाल टेलिकमले विभिन्न समयमा विभिन्न अफरहरु दिने गर्दछ अहिले अनलाइन शिक्षालाई सहजीकरण गर्ने उद्देश्यअनुरूप विद्यालय तथा कलेजमा पढ्ने विद्यार्थीहरुका लागि सस्तो इ शिक्षा डेटाप्याक पनि उपलब्ध गराइरहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here