Home Breaking News पहिरोमा पुरिएर स्याङ्जामा एकै घरका नौ जनाको मृत्यु, एक घाइते

पहिरोमा पुरिएर स्याङ्जामा एकै घरका नौ जनाको मृत्यु, एक घाइते

बिहिबार, असाेज ८, २०७७
0
211

मनासलु सम्वाददाता ।

स्याङ्जामा आज विहान अन्दाजी ६ बजेको समयमा गएको पहिरोमा पुरिएर स्याङ्जामा एकै घरमा नौ जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भिर घाइेत भएका छन् ।

वालिङ नगरपालिका–१४ तमादि बस्ने ४८ वर्षीया माया नेपालीको घर माथिबाट आएको पहिरोमा परी उनी सहित २७ वर्षीया उमाकला नेपाली,३० वर्षीय दीपक, वर्ष ६० की सानी नेपाली, वर्ष नौका बिवश नेपाली,१४वर्षीय बिक्रम नेपाली, १९ वर्षीया बिनिता नेपाली,२१ वर्षीय कुलदिप नेपाली तथा छ महिनाको बालकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

घटनामा घाइते भएकी १६वर्षीया मनिषा नेपालीको अवस्था गम्भिर रहेकामा थप उपहारका लागि पोखरा ल्याइएको प्रहरीले जनाएको छ ।

NO COMMENTS