गाेरखा । काेराेना सङ्क्रमका कारण बालबालिकाहरु विद्यालयमा पुगेर सिक्न सकेका छैनन । कतिपय सामुदायिक र सँस्थागत विद्यालयहरुले अनलाइन प्रविधिकाे प्रयाेग गरेर शिक्षण गराइरहेका छन् ।
घरमा इन्टरनेटकाे सुविधा छ, कम्प्युटर, माेवाइल छ, बालबालिकालाइ सिकाउन तयार अभिभावकहरु पनि हुनुहुन्छ l तर पनि सिक्ने र सिकाउने क्रममा कहिलेकाँही समस्या हुन्छ । समस्या पर्याे की विद्यालयका विषयगत शिक्षक शिक्षिकालाइ फाेन गर्नुपर्ने हुन्छ । फाेनबाट सिकाएका सबै कुरा गर्न सबै अभिभावकहरुलाइ सजिलाे पक्कै हुँदैन ।
कतिपय बालबालिकाहरु विद्यालयकाे सम्पर्क बाहिर रहेका छन् । घरमा भएकाे प्रविधिलाइ फेसबुक र युट्युवमा भिडियाे हेर्न मात्रै प्रयाेग भैरहेकाे हुनसक्छ । यस्ताे अवस्थामा तल दिएकाे लिङ्कमा क्लिक गरेर बालबालिकाहरुलाइ नयाँ नयाँ शब्दहरु बारे जानकारी दिन सकिन्छ । शब्दकाे उचारण गर्ने तरिका, शब्दसँग सम्बन्धित तस्विर, भिडियाे सजिलै हेर्न सकिन्छ ।
अङ्ग्रेजी विषयमा विशेष गरेर अङ्ग्रेजी शब्द सम्बन्धि ज्ञानकाे समस्या रहने गर्दछ । यस्ता समस्या समाधानका लागि मनासलु डटकमले सरल उपाय यहाँ दिएकाे छ । यसलाइ क्लीक गरेर आफूले खाेज्न चाहेकाे शब्दबारे जान्नुहाेस । तपाइँलाइ समस्या परेकाे शब्द क्लीक गरिसकेपछी Find it मा लेखेर खाेज्न सक्नुहुनेछ ।