गोरखा। कृषि ज्ञानकेन्द्र गोरखाले चालु आर्थिक बर्षका लागि संघिय सरकार र प्रदेश सरकारबाट स्विकृत भएर आएका कार्यक्रमहरु सार्वजनिक गरेको छ । ज्ञानकेन्द्रले बिहिबार आयोजना गरेको आर्थिक बर्ष ०७७/७८ को बार्षिक स्विकृत कार्यक्रमको सार्वजनिकीकरण तथा स्थानीय तहहरुसंगको समन्वयात्मक बैठकमा कृषि ज्ञानकेन्द्र गोरखाकी प्रमुख मनिता थापाले चालु आर्थिक बर्षका लागि स्विकृत भएर आएका कार्यक्रमबारे जिलला भित्रका सवै स्थानीय तह तथा सरोकारवालाहरुलाई जानकारी गराएकी छन् ।
केन्द्रमा चालु आर्थिक बर्षका लागि संघ र प्रदेशबाट गरि कुल बजेट १३ करोड ४५ लाख ६६ हजार रुपैयाको बजेट स्विकृत भएर आएको प्रमुख थापाले बताइन । उहाँका अनुसार ज्ञानकेन्द्र गोरखामा चालु आर्थिक बर्षमा संघिय सरकारबाट ४ करोड १६लाख ८६ हजार रुपैया र गण्डकी प्रदेश भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट ९ करोड २८ लाख ८० हजार रुपैयाका कार्यक्रम स्विकृत भएको छ । यो बजेट गत बर्षको तुलनमा ३.४६ प्रतिशतले कम भएकोे उहाँको भनाई छ । कार्यालय प्रमुख थापाका अनुसार चालु आर्थिक बर्षको कार्यक्रम अन्र्तगत साना सिंचाइका लागि ५० वटा कार्यक्रम निर्धारण भएर आएको छ ।
जसमा प्लाटिक पोखरी, कुलो, थोपा सिंचाइ लगायतका शिर्षकमा कार्यक्रम आएको हाे । उक्त कार्यक्रमका लागि कुल २ करोड ५० लाख रुपैया रकम स्विकृत भएर आएको छ । कार्यक्रम अन्र्तगत गत बर्षमा व्यक्तिगत फार्महरुलाई समेत यो कार्यक्रममा समेटिएको भएपनि यो बर्ष भने समुह वा सहकारी संस्थालाई मात्र कार्यक्रममा समेट्नु पर्ने गरि कार्यक्रम स्विकृत भएर आएको उनले बताइन
त्यस्तै चालु आर्थिक बर्षमा गण्डकी प्रदेश भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तर्फबाट ६ वटा मुख्यमन्त्री नमुना गाउँपालिका कार्यक्रममा लागि रकम प्राप्त भएको छ । चालु आर्थिक बर्षमा कृषि ज्ञानकेन्द्र गोरखामा मागमा आधारित तालिम, कृषि उत्पादनको लाभमा आधारित अनुदान कार्यक्रमहरु स्विकृत भएर आएको प्रमुख थापाको भनाई छ ।
चालु आर्थिक बर्षमा कृषि ज्ञानकेन्द्र गोरखामा कृर्षक बर्गिकरण, अभिमुखीकरण परेका छन भने आकस्मिक सहयोग र मागमा आधारित सहयोग कार्यक्रमका लागि रु ६ लाख रकम स्विकृत भएर आएको उहाँले बताउनुभयो । ज्ञानकेन्द्रले स्विकृत भएर आएका कार्यक्रमहरु कार्यान्वयनका लागि तत्काल काम थाल्ने तयारीमा रहेको उनले बताए ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशाेककुमार गुरुङको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, जिल्ला भित्रका अन्य स्थानीय तहका प्रमुख, उपप्रमुख, बिभिन्न स्थानीय तहका कृषि शाखाका प्रमुख एवं प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।