गाेरखा । धार्चे गाउँपालिका वडा नम्बर ६ यार्साकी ७६ वर्षिय असरी घले जिल्ला प्रशासन कार्यालय गाेरखाबाट नागरिकताकाे प्रमाणपत्र लिन सफल भएकी छन ।


गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले घलेलाइ आज नागरिकता प्रदान गरेका हुन । प्रशासकीय अधिकृत गणेश प्रसाद भट्टराइद्वारा हस्ताक्षर गरिएकाे नागरिकता प्रमाणपत्र घलेलाइ प्रदान गरिएकाे हाे । उनले ४४- ०१ -७७ -००२५० नम्बरकाे नागरिकता प्राप्त गरेकी छन् ।
यस अघि गाउँमा नागरिकता टाेलि पुग्दा उनका आफन्त नभएकाे भन्दै नागरिकता दिइएकाे थिएन । धार्चै गाउँपालिका वडा नम्वर ६ काशिगाउँका वडा अध्यक्षकाे पहलकदमी मा उनले नागरिकता प्राप्त गरेकी हुन ।
यसैवीच गाउँपालिका अध्यक्ष सन्ताेष गुरुङले नागरिकता बनाउन जाँदा आउँदा लागेकाे एकतर्फी खर्च गाउँपालिकाबाट आफूले दिने बताएका छन् । नेपालमा १६ वर्ष पूरा भएपछि नागरिकताकाे प्रमाणपत्र प्रदान गर्ने सँविधानमा उल्लेख छ ।






