Home Breaking News गण्डकी गाउँपालिका प्रदेशमा अनाैठाे

गण्डकी गाउँपालिका प्रदेशमा अनाैठाे

शनिबार, असाेज १०, २०७७
0
265

गोरखा १०, असोज । गोरखाको गण्डकी गाउँपालिकाको छैटौ गाउँसभाको बैठक आज पनि स्थगित भएको छ ।  गाउँसभाको बैठक गणपुरक संख्या नपुगेपछि स्थागित भएको गाउँपालिका अध्यक्ष हाेम बहादुर रानाले बताए ।  बहुमत साथीहरु आउनुभएन किन हाे उहाँहरुलाइ नै साेध्नुस असाेज  १३ गते गाउँसभा गर्ने गरी आज निर्णय गरेका छाै‌ ।

स्थलगत अध्ययनकाे क्रममा गाउँपालिकाकाे प्रशासनिक भवन निर्माणकाे विषयलाइ लिएर परिषद राेकिदै आएकाे देखिएकाे छ । प्रशासनिक भवन निर्माण कहाँ गर्ने भन्ने स्थानकाे छनाैट नभएकाे तर पालिकाले बजेट विनियाेजन गरेका कारण बहुमत सदस्यहरुले विराेध गरेका हुन् भन्ने सुनेका छाैँ, भुम्लीचाेक आइडाँडामा भेटिएका एक वृद्धाले भने । सबै जनतालाइ पायक पर्ने स्थान यसै क्षेत्र हाे खै ! निर्णय गर्ने अधिकार हामीलाइ छैन ।

पालिका भित्रका सबै नागरिकहरुलाइ पायक पर्ने गरी भुम्लीचाेक भित्र जमिन खाेजेर सबै पालिका सदस्यहरुकाे सहमतिमा प्रशासनिक भवन बनाउनुपर्नेमा त्यतातिर ध्यान नदिएर पक्ष, विपक्ष , अधिकार, नियम तिर जनप्रतिनिधीहरु अघि बढेका हुन्  । यसले दैनिक प्रशासनिक काममा अवराेध हुनुका साथै कर्मचारीहरुकाे तलब निकासा समेत हुन सकेकाे छैन । यसले प्रदेश भरी रहेका गाउँपालिका मध्ये गण्डकी गाउँपालिका प्रदेशमै अनाैठाे बनेकाे छ ।

 

NO COMMENTS