न भोकले च्यापिनुपर्छ न रोगले च्यापिनुपर्छ।
तिमी मन्त्री हौं तिमीले दरबार बाटै गफिनुपर्छ।
जति दुखाउन मन छ दुखाउनु कुनै गुनासो छैन।
म खाट हुँ एक न एक दिन त मैले भाँचिनुपर्छ।
ओ मान्छे फूल भनेर मलाई कमजोर नबनाउनु,
फूलले फूल बन्न पाएकै बखतमा ओइलिनुपर्छ।
जसले प्रयोग गर्यो प्रशंसा पायो मान्छे कमायो।
ऊ कलम हो उसले चुपचाप साथ सकिनुपर्छ।
तिमी छोरी हौ, छोरी भएकैमा तिमीले गर्व गर,
छोराले बाको लास छेउमा एकछिन उभिनुपर्छ।
TF TR
ठेगाना:सिन्धुली
हाल: काठमाडाैँ






