गजल

शनिबार, असाेज १०, २०७७
0
207

कति बिघ्न पात्तिएको मातिएको बूढो
दाह्री, जुँगा फुली सके, बनी हिंड्ने फुँडो

घस्रीएर नजिक आउने हात बित्ता सरी
कस्तो पारा देखाएको, पोतारीको लुँडो

कामकाज केही छैन, आयौ खाना खान
ठीक्क पारी राखेकी छु आज मैले कुँडो

आँखा सन्काएको किन ? अन्तै जान भनी
भनेकी छु नछुने पो, सरेकी छु पुँडो

चल्ने तागत छैन बुढा नब्बे काटी सक्यौ
कल्ले मालिस गर्दिन्छ र सधैं दुख्ने घुँडो

अविचल आस्था मणि
मणिकुन्ज, तनहुँ, नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here