बद्री पंगेनीको गीतमा विदेशीएका युवाको पीडा

शनिबार, असाेज १०, २०७७
0
329

काठमाडौं । गायक बद्री पंगेनीको स्वर रहेको गीत ‘बाटो हेरी नरोउ है आमाले’ सार्वजनिक भएको छ । बिदेशिएका युवापुस्ताको पिडालाई प्रस्तुत गरिएको गीत भिडियोसहित सार्वजनिक भएको हो । भिडियोमा कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका युवाहरुको मर्म र आमा र सन्तानबीचको गहिरो र आत्मीय सम्बन्ध प्रस्तुत गरिएको छ ।

गीतको भिडियो क्रान्ति केसीले निर्देशन गरेकी हुन् । गीतमा दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत रहेको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा बद्री पंगेनी, सुलोचना भडेल, मनिषा लोकन्द्रीलगायतको अभिनय देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here