Home Breaking News गाेरखाकाे गण्डकी गाउँपालिका केन्द्र विवाद मुख्य मन्त्री कार्यालय पुग्यो

गाेरखाकाे गण्डकी गाउँपालिका केन्द्र विवाद मुख्य मन्त्री कार्यालय पुग्यो

आइतवार, असाेज ११, २०७७
0
356

गोरखा ११, असोज । गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र विवाद मुख्य मन्त्रिको कार्यालय पुगेको छ । नेकपा गण्डकी गाउँपालिकाको टेलि गाउँपालिका अध्यक्षले गरेका पछिल्ला क्रियाकलापहरु र जनताको मागका विषय लिएर मुख्य मन्त्रीको कार्यालय गएकाे बताएका छन् ।

यस अघि गाउँपालिकाको केन्द्र राख्ने भन्दै ओखलडाँडा भन्ने स्थानमा गाउँपालिकाले स्थानीय गाउँलेहरुकाे जग्गा प्लटिङ गरेको थियो । पालिकाको नाममा नआएको जग्गामा किन गाउँपालिकाले खर्च गरेर डेजर लगायाे भन्ने विषयमा अझै अन्याैल रहेको छ ।

यस अघिका प्रशासकिय अधिकृत राकेश गुरुङले स्थानीय गाउँलेहरुकाे भीरालाे जमिनमा गाउँपालिकाकाे बजेटबाट डाेजर लगाएर सम्याएका थिए ।

१०० राेपनी क्षेत्रफल सम्म बनाएर २५ राेपनी जग्गा पालिकाले लिने र बाँकी जग्गा गाउँलेहरुलाइ प्लटिङ गरेर वितरण गर्ने तयारी रहेकाे गाउँपालिकाका एक कर्मचारीले बताए । मेराे पनि जग्गा छ,पालिकालाइ कति जग्गा दिनुपर्छ थाहा छैन आफ्नाे भाग अनुसार जहाँ पर्छ त्यहीँ बस्नुपर्छ भनेका छन् उनले भने ।

स्थानीय नागरिक समेत रहेका प्रशासकिय अधिकृत गुरुङले घर नजिकै पालिका कार्यालय राख्ने उदेश्यले विधि नपुर्याइ राज्यकाे खर्च गराएकाे देखिन्छ याे सरासर गलत हाे कानुनी कारवाही खाेज्नुपर्छ, अधिकाँश जनतलाइ अपायक पर्ने गरेर पालिका राख्न कसले दियाे अधिकार तपाइँहरुले हामीलाइ उत्तर दिनुहाेस भन्दै साे क्षेत्रका नागरिकहरुले प्रति प्रश्न  समेत गरेका छन् ।

फुजेलका एक जनप्रतिनिधिले भने पालिकाकाे केन्द्र भन्दा गाेरखा सदरमुकाम नजिक भयाे स‌ँघीयता कागलाइ बेलपाक्याे हर्ष न विस्मात ! गण्डकी गाउँपालिकाकाे केन्द्र लाकुरीस्वाँरा, दल भन्ज्याङ,बनटार,आइडाँडा त्यसभन्दा माथि जानुपरे गाेपिस्वाराँ भन्दा माथि लैजानु हुँदैन उनले थप प्रष्ट पारे ।

राजमार्ग, यातायातकाे स्राेतसाधन सबै कुराहरुलाइ हेरेर सबैकाे हितमा हेर्नुपर्ने हाे यहाँ त प्रशाकिय अधिकृत र पालिका अध्यक्षकाे हितलाइ हेरिएकाे छ,याे सरासर गलत हाे एैन नियम लगाएर जनताका विरुद्ध काम गर्न पाइँदैन उनले भने ।

यसअघि स्थगित गरेकाे छैटौ गाउँसभा मँगलबारलाइ बाेलाइएकाे गाउँपालिका अध्यक्ष हाेम बहादुर रानाले बताए । गाउँसभाको बैठक गणपुरक संख्या नपुगेपछि सनिबार गाउँसभा स्थागित भएको थियाे । दाेश्राे पटकका लागि बहुमत नपुगेपनि अध्यक्षकाे पक्षमा निर्णय गर्दै गाउँपालिकाकाे सभा हुने नेपाली काँग्रेसबाट निर्वाचित एक सदस्यले बताए ।

यस अघि अध्यक्ष रानाले बहुमत साथीहरु आउनुभएन किन हो उहाँहरुलाइ नै सोध्नुस असोज १३ गते गाउँसभा गर्ने गरी आज निर्णय गरेका छौ‌ भनेका थिए ।

पालिका अध्यक्ष छलफलबाट टाढा गएकाे र जनतालाइ अपायक पर्ने गरी केन्द्र निर्धारण जनमतकाे अपमान गरी गर्न लागेकाे भन्दै नेकपा गण्डकी गाउँपालिका भित्रका नेताहरु मुख्यमन्त्रीकाे कार्यालय पुगेका छन ।

मुख्य मन्त्री कार्यालयका एक अधिकृतका अनुसार पालिकाकाे केन्द्र राख्नका लागि दुइ तिहाइ मतकाे आवश्यकता अनिवार्य रहेकाे छ । गाउँसभा जति पटक स्थगित  भएपनि केन्द्र निर्धारणका लागि दुइ तिहाइ चाहिने उनले बताए ।

 

 

NO COMMENTS