प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा

आइतवार, असाेज ११, २०७७
0
386

काठमाण्डौ, ११ असोज । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा बसेका छन् ।

प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनी सेल्फ क्वरेण्टीनमा बसेका हुन् । शनिबार भान्सेमा कार्यरत ती सदस्यमा सङ्क्रमण पुष्टि भएको थियाे ।

प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षता अपनाउँदै सेल्फ क्वरेण्टीनमा बसेको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here