असाेज ११, काठमाडौं ।आइतबार थप १५७३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७३३९४ पुगेको छ ।
नेपालका कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । गत २४ घण्टामा ८८५ जना निको भएर डिष्चार्ज भएका छन् ।
हालसम्म ५३ हजार ८ सय ९८ जना डिष्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १९०१९ रहेका छन् ।






