Home Breaking News प्रधानमन्त्री कार्यालयकाे ५० प्रतिशत कर्मचारीमा काेराेना पुष्टी

प्रधानमन्त्री कार्यालयकाे ५० प्रतिशत कर्मचारीमा काेराेना पुष्टी

आइतवार, असाेज १८, २०७७
0
128

काठमाडौं । प्रधानमन्त्री कार्यालयका  परीक्षण गरिएका ५० प्रतिशत कर्मचारीमा काेराेना पुष्टी भएकाे छ ।  बिहीबार र शुक्रबार गरी प्रधानमन्त्री निवासमा कार्यरत १ सय ५० बढीको स्वाब संकलन गरिएकोमा ७५ जनामा काेराेना भाइरस पुष्टि भएकाे थियो ।

प्रधानमन्त्री ओलीको भने कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्ने सल्लाहकार एवं सहयोगीहरूलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको जानकारी उनकाे सचिवालयले सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री, स्वकीय सचिव इन्द्र भण्डारी, विकास विज्ञ गजेन्द्र थपलिया, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको समेत परीक्षण गरिएको थियो । प्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिवालय र सुरक्षामा खटिएकालाई संक्रमण भएको हाे ।

सुरक्षामा खटिएका सुरक्षाकर्मीसहित सचिवालयका चालकहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै शुक्रबार नै स्वाब दिएका प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत चालकहरुलाई पनि कोरोना पुष्टि भएको छ ।

NO COMMENTS