Home Breaking News गाेरखामा आज बिहान १० बजेदेखि साँझ ५ बजे बेलुकासम्म विद्युत सेवा प्रशारण...

गाेरखामा आज बिहान १० बजेदेखि साँझ ५ बजे बेलुकासम्म विद्युत सेवा प्रशारण रोकिने

शनिबार, असाेज २४, २०७७
0
418

असाेज २४ गाेरखा । गोरखामा आज  केही घण्टासम्म विद्युत आपूर्ती बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा बितरण केन्द्र अन्तर्गत पर्ने खोप्लाङ फिडरको ११ केभि लाईन मुनी तथा दाँयाबाँया पर्ने रुखका हाँगा हटाउनु पर्ने भएकाले बिहान १० बजेदेखि साँझ ५ बजेदेखि बेलुकीसम्म विद्युत सेवा प्रशारण रोकिने भएको प्राधिकरणका प्रमुख न्यौपानले जानकारी दिए ।

न्यौपानेका अनुसार आज दिनभर गोरखा सदरमुकामको खोलखोले, आहाले, ढुङगागाडे, लक्ष्मीबजार, बिरेनचोक, १२ किलो, ९ किलो क्षेत्रमा बिद्युत आपूर्ती बन्द हुनेछ ।  जिल्लाको सहिद लखन गाउँपालिकाको बुंकोट, मकैपुर, गोरखा नगरपािलकाको छेवेटार, पालुङटार नगरपालिकाको मिरकोट, बिर्दि, सिराचोक गाउँपालिकाको चित्रेपोखरी, भुसुण्डे लगायतका क्षेत्रमा पनि दिनभर बिद्यूत अबरुद्ध हुनेछ । निर्धारित समय भन्दा अगाबै काम सम्पन्न भएमा तोकिएको समय अघि नै विद्युत सूचारु हुने उनले बताए ।

NO COMMENTS