Home Breaking News  आइसोलेसनमा कार्यरत कर्मचारी सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टी

 आइसोलेसनमा कार्यरत कर्मचारी सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टी

आइतवार, कार्तिक २, २०७७
0
133

कात्तिक २, गाेरखा  । गोरखा अस्पतालको कर्मचारी सहित जिल्लाको ३ पालिकामा गरी आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।जिल्लाको गोरखा अस्पताल, पालुङटार नगरपालिका, भीमसेन थापा र गण्डकी गाउँपालिकामा गरी थप ६ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले दिएको जानकारी अनुसार गोरखा अस्पतालको आइसोलेसनमा बस्ने १ जना कर्मचारीमा आज कोरोना संक्रमण देखिएको छ । त्यस्तै गरी निर्देशनालयले जारी गरेको सूचना अनुसार पालुङटार नगरपालिकामा २ जना, भीमसेन थापा गाउँपालिकामा १ जना र गण्डकी गाउँपालिकामा ३ जनामा संक्रमण देखिएको छ ।

प्राप्त जानकारी अनुसार पालुङटार नगरपालिका १ मा २१ बर्षका पुरुष र ४० बर्षकी महिलामा संक्रमण देखिएको छ भने भीमसेन थापा गाउँपालिका ३ मा ५६ बर्षको महिलामा संक्रमण पुष्टी भएको हो ।त्यस्तै गरी गण्डकी गाउँपालिका २ मा १९ र २५ बर्षमा पुरुषमा संक्रमण देखिएको छ भने ४ को १७ बर्षिया महिलामा संक्रमण पुष्टी भएको हो ।

संक्रमण देखिएका सबै जना कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्रमा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

NO COMMENTS