Home Breaking News दशैँ तिहारमा जात्रा ,उत्सव,मेला नगर्नु,स्वास्थ्य मापदण्ड कायम गर्नु :   शहिद लखन गाउँपालिका...

दशैँ तिहारमा जात्रा ,उत्सव,मेला नगर्नु,स्वास्थ्य मापदण्ड कायम गर्नु :   शहिद लखन गाउँपालिका गाेरखा

मङ्लबार, कार्तिक ४, २०७७
0
136

 कार्तिक ४, शहिदलखन ।  शहिद लखन गाउँपालिका गाेरखाले दशैँ तिहार लगायका चाडपर्वलाइ लक्षित गर्दै कुनै पनि जात्रा तथा उत्सवहरु नगर्न निर्देशन दिएको छ। पालिका अध्यक्ष रमेश थापाद्वारा हस्ताक्षरित निदेशनात्मक सूचनामा उक्त कुरा उल्लेख छ । काेराेना भाइरस (कोभिड -१९ ) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सतर्कताको ख्याल गर्न सबैका लागि सूचना जारी गरिएको हाे । निर्देशनलाइ अक्षरस पालना गर्न पालिकाले नागरिकहरुलाइ आग्रह गरेकाे छ ।

जिल्ला बाहिरबाट पालिका प्रवेश गर्नेले अनिवार्य हाेम क्वारेन्टाइन बस्नुपर्ने, पसलहरु विहान बेलुका मात्र समय मिलाएर खाेल्नुपर्ने, पालिका प्रवेश गर्दा अनिवार्य रुपमा वडा अध्यक्षसँग सम्पर्क गर्नुपर्ने, सक्रिय सङ्क्रमितहरु रहेका गाउँ शिल गर्नुपर्ने, सिकिस्तै विरामी भएमा वडा अध्यक्ष, स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न पालिकाले जानकारी गराएकाे छ ।

NO COMMENTS