गण्डकी प्रदेश सरकारले काेराेना सङ्क्रमितकाे उपचार जिम्मा लिने

मङ्लबार, कार्तिक ४, २०७७
0
225

कार्तिक ४,गाेरखा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमित विरामीको उपचार निःशुल्क भइरहेको जनाएको छ । कोरोना संक्रमितको उपचार आफैंले गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमै भनेपछि गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार प्रदेशभित्र निःशुल्क भइरहेको स्पष्ट पारेको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले गण्डकी प्रदेशमा कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क भइरहेको बताएका छन । नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको उनले बताए ।

उनका अनुसार गण्डकी प्रदेशमा ३८ ठाउँका आइसोलेसनबाट कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै व्यहोर्दै आएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नाघिसकेको छ । संक्रमितमध्ये ३ हजार ६ सय बढी निको भएर घर फर्किसकेका छन् । गण्डकी प्रदेश सरकारभित्र करीब ८३ हजार जनाको पीसीआर परीक्षण गरिसकिएको छ । कोरोनाबाट गण्डकी प्रदेशमा ५५ जनाले ज्यान गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here