Home शिक्षा गाेरखामा विद्यालयकाे नियमित पठनपाठनमा सँलग्न शिक्षक सहित ११ जनामा काेराेना पुष्टि

गाेरखामा विद्यालयकाे नियमित पठनपाठनमा सँलग्न शिक्षक सहित ११ जनामा काेराेना पुष्टि

मङ्लबार, कार्तिक ४, २०७७
0
301

कार्तिक ४,गोरखा । गोरखामा नियमित पठनपाठनमा सँलग्न शिक्षक सहित ११ जनामा काेराेना पुष्टि भएकाे छ । गाेरखा नगरपालिका वडा न‌‍म्वर १२ स्थित महेन्द्र मा‍.वि. मा अध्यापन गराउने ३८ वर्षिय एक जना शिक्षक सहित विभिन्न वडाका ११  जनामा कन्ट्याक ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हाे ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार मंगलबार गोरखामा थप ११ जनामा संक्रमण पुष्टि गरेकाे हाे।

थप भएको संक्रमित सबै गोरखा नगरपालिकाकै रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित मध्ये गोरखा नगरपालिका वडा नं. ६ का ३८, ४३, २१ र २४ वर्षीय महिला तथा २९, ३०, ४० र ४१ वर्षीय पुरुष, वडा नं. २ का २५ र ३८ वर्षीय पुरुष र वडा नं. ९ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक शर्माले बताए ।

 

NO COMMENTS