कात्तिक १२, गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९) बाट गोरखामा आज थप ३ जनामा संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशमा आज सङ्क्रमित हुनेहरुकाे सँख्या १२१ जना पुगेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका एक जना, पूर्वाधार कार्यालयका कर्मचारी र भीमसेन थापा गाउँपालिकाका १ जना गरी थप ३ जना कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले जारी गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय गोरखाका १ जना पूर्वाधार कार्यालय गोरखाका १ जना कर्मचारी संक्रमण देखिएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए । दुवै जना सरकारी कर्मचारी कन्ट्याक्ट ट्रेसिङमा परे पछि क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
त्यस्तै गरी भीमसेन थापा गाउँपालिका १ जना पुरुष गरी थप ३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका पुरुष चितवन मेडिकल कलजेमा उपचारका क्रममा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।