Home Breaking News ट्रक र माेटरसाइकल ठाेक्किदा एक जनाकाे निधन

ट्रक र माेटरसाइकल ठाेक्किदा एक जनाकाे निधन

शुक्रबार, कार्तिक १४, २०७७
0
229

 कात्तिक १४ आँबुखैरेनी । तनहुँमा ट्रक र मोटरसाईकल ठोक्किदा भएको दुघटनामा आज एक जनाको मृत्यु भएको छ । । जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ढापटारमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुघर्टनामा परी आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ का १९ बर्षीय अन्जन सुनार मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सुनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढापटारमा रोकीराखेको ना ५ प ८८९२ नम्वरको ट्रकमा डुम्रेतर्फ गईरहेको प्रदेश ३–०२–१३ प २१०६ नम्वरको मोटरसाइकल एक्कासी ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ।

NO COMMENTS