म्याग्दीकाे जलेश्वरमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु,१० जना घाइते

शुक्रबार, कार्तिक १४, २०७७
0
165
तस्बिर सौजन्यः मोहन केसी

कार्तिक १४ ,म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने जलेश्वरमा शुक्रबार जीप दुर्घटना भएको सुचना अधिकारी तथा प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा पुर्याउँदा रियालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक चौधरीले बताए । मृतक बालिका दशैंमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् ।

जीपमा ११ जना थिए । दुर्घटनामा गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ । गम्भिर घाइते नन्दलाल छन्त्याल दलप्रसाद गौचन र दिक्षा शेरपुजालाई बेनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको प्रनि चौधरीले जानकारी दिए ।

अन्य सात जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । जीप सडकदेखि करिब ६० मिटर तल कालीगण्डकी किनारमा खसेको प्रहरी निरिक्षक चौधरीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here