कात्तिक २६ गाेरखा । संबिधान सभाका सभासद ज्ञानेन्द्र कुमाललाई कोरोना संक्रमणको भएको छ । जनता समाजबादी पार्टी नेपालका नेता रहेका कुमाललाई मँगलबार संक्रमणको पुष्टी भएको हो ।
कोरोनाको सामान्य लक्षण देखिएपछि परीक्षणका लागि स्वाब दिएका उनको गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पुष्टी भएको हो ।
संक्रमणपुष्टी भए लगत्तै उनले सामाजिक सञ्जाल मार्फत आफुमा संक्रमणको पुष्टी भएकाले सम्पर्क रहेकाहरुलाई सर्तक रहन आग्रह गरेका छन् ।