Home अपराध/ दुर्घटना एक लाख ७५ हजार रुपैयाँ सहित ३४ जना जुवाडे पक्राउ

एक लाख ७५ हजार रुपैयाँ सहित ३४ जना जुवाडे पक्राउ

आइतवार, कार्तिक ३०, २०७७
0
207

कात्तिक ३०, गोरखा । जिल्लाकाे सिरानचोक गाउँपालिका वडा नम्बर ७ स्थित नयाँसाँघु भन्ने स्थानबाट तास र काैडाका साथ एक लाख ७५ हजार रुपैयाँ सहित ३४ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले बताएकाे छ ।

प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी चौकी जौबारीबाट खटिएको टोलीले ३४ जना पुरुष जुवाडे र नगद पक्रेकाे हाे । उनिहरुलाई  जिल्ला प्रहरी कार्यालय गोरखामा हिरासतमा राखिएको बताइएको छ । त्यस क्षेत्रमा रातभर जुवातासकाे जात्रा हुने सूचना पाएपछि प्रहरीले सुक्ष्म निगरानी राख्दै आएकाे थियाे ।

 

NO COMMENTS