कात्तिक २९ ,गाेरखा । जिल्लामा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ । आज संक्रमणको पुष्टी भएकाहरुमा गोरखा अस्पतालका २ जना कर्मचारी सहित २ स्थानीय तहका २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हाे ।
संक्रमण पुष्टी हुनेहरुमा गोरखा नगरपालिकाका ११ जना र शहिद लखन गाउँपालिकाका ३ जना समेत रहेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालको ल्याब र फार्मेशीमा काम गर्ने १/१ जना रहेका छन् भने अन्य ९ जना भने अस्पतालमा स्वाब दिएका स्थानिय स्तरका राजनैतिक दलका स्थानिय नेता र गोरखा अस्पतालमा बिरामी भएर आएकाहरुमा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका मध्ये गोरखा अस्पतालले स्वाब संकलन गरेको मध्ये ७ जना, गोरखा नगरपालिकाले स्वाब संकलन गरेको मध्ये ११ जना र शहिद लखनको ३ जनामा संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिकाको ३ जना कर्मचारी सहित ११ मा संक्रमण
गोरखा नगरपालिकाले स्वाब लिएका मध्ये आज ११ जनामा संक्रमण पुष्टी भएको छ । जस मध्ये नगरपालिका भित्रै काम गर्ने ३ जना कर्मचारी समेतमा संक्रमण देखिएको छ ।संक्रमण देखि गोरखा नगरपालिका ३ जना कर्मचारीहरु मध्ये प्राविधिक, लेखा शाखा र फोहर संकलन गर्ने १÷१ जनामा संक्रमण देखिएको छ ।
गोरखा नगरपालिका ८ नम्बरको एउटै घरको ३ जनामा संक्रमण देखिएको छ भने साता दिन अगाडी मात्र संक्रमण देखिएको मालपोतका नासुका घरका परिवारका ३ जना पनि संक्रमण देखिएको छ । त्यस्तै गरी गोरखा सदरमुकामको नयाँ बजारमा रहेको एक सहकारीका कर्मचारीमा पनि संक्रमण पुष्टी भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।





