मङ्सिर १३, गाेरखा । गाेरखा जिल्लामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार नरेन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बुधबार गोरखा अस्पतालबाट पिसिआर परिक्षण गराएका ढकालको शुक्रबार साँझ संक्रमण पुष्टि भएको बताइएको छ । स्वावको नमुना परिक्षणका लागि पोखरा पठाइएको थियो ।
एक हप्तादेखि होम क्वारेनटाइनमा रहेका अध्यक्ष ढकाल संक्रमण पुष्टि भएपछि समेत हाल होम आइसोलेसनमा छन् । सामान्य रुघाखोकी बाहेक अन्य कुनैपनि समस्या नरहेको र आफु स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा समेत रहेको उनले बताएका छन् ।
ढकाल प्रेस युनियन गाेरखाका अध्यक्षका साथै गोरखापत्र दैनिक, गोरखा समाचार दैनिक र रेडियो गोरखामा आवद्ध छन् ।