मङ्सिर १२ पाेखरा । सूचनाको हकका लागि राष्ट्रिय सञ्जालको गण्डकी प्रदेश सँयाेजकमा कास्कीका दिपक आचार्य छनाैट भएका छन् । केन्द्रिय संयोजक उम्मीद बागचन्दको अध्यक्षतामा सूचनाको हकका अग्रज एवं अगुवा अभियन्ता, संजालका केन्द्रिय सल्लाहकार धमेन्द्र झा, केन्द्रिय सदस्य सचिव अजयकुमार साह, केन्द्रिय पदाधिकारीहरुको उपस्थितीमा मँगलबार बसेको सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालको गण्डकी प्रदेश भेलाले आचार्यकाे सँयाेजकत्वमा समिति गठन गरेकाे हाे ।

प्रदेश सह संयोजक माधब पनेरु ,सदस्य सचिब बिशेस पन्त चयन भएका छन् । यसैगरी सदस्यहरुमा यदुनाथ बन्जरा (कास्की), बैकुण्ठ गिरी (पर्बत), शुसिल पौडेल (बाग्लुङ), राजेन्द्र न्यौपाने (गोरखा), रुद्रहरि ढकाल (लमजुङ्ग) नबिन लामिछाने (मनाङ्ग), कल्पना कोइराला घिमिरे (तनहुँ), केशव भन्डारि (नवलपरासि पूर्व), भवानि अधिकारि (स्याङ्जा), ठाकुर प्रसाद आचार्य (शिब)( म्याग्दि) ,निरज थकालि (मुस्ताङ), शिबराज बस्ताकोटि (कास्कि), प्रतिक्षा काफ्ले (स्याङ्जा) ,कृष्ण क्षेत्री (कास्कि), जीवन सुबेदि (कास्कि), शान्ता कमलि (लमजुङ) ,ऋषिकेश घिमिरे (लमजुङ) रहेका छन् ।
प्रदेशमा पाँच सदस्य पछि थप गर्ने गरी २५ सदस्यिय समिति गठन भएकाे प्रदेश सचिवालय सदस्य विशेष पन्तले जानकारी दिए । जिल्ला तहमा सँयाेजक,सह सँयाेजक र सचिवालय सदस्य कामय गरी जिल्ला भेला सम्पन्न गर्न अधिकार प्रत्यायाेजन गरिएकाे गण्डकि प्रदेशका सँयाेजक दिपक आचार्यकाे भनाइ छ । जिल्ला,पालिका र वडा तहसम्म सञ्जाल गठन गरी सूचना पाउने अधिकारलाइ स्थापित गराइने आचार्यले बताए ।






