मङ्सिर १८,गाेरखा । सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा छोराको कुटाईबाट बाउको मृत्यु भएको छ। धान चुट्ने विषयमा बाबु र छोरा वीच बिवाद हुँदा ७० वर्षीका तुलराम ढकालको ज्यान गएको प्रहरीले जनाएकाे छ ।
बाबुलाइ ४० वर्षीय छोरा भुवन ढकालले छात्ती र खुट्टामा लठ्ठीले हिर्काएपछि तुलराम घाइते भएका थिए । उनलाई उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। तत्कालै उनकाे मृत्यु भयाे । कुटपिटमा सँलग्न छाेरालाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए। मृतकको शवलाइ पोष्टमार्टमका लागि जाैवारी स्वास्थ्य केन्द्र राखिएको उनले जानकारी दिए ।