मङ्सिर १९, गाेरखा । हिमाल पारि रहेकाे गाउँपालिका चुमनुब्री स्थित वडा नम्बर ४ काे क्वाक स्थित काेलागाङ डाँडामा नेपाल टेलिकमकाे 4G टावर राख्नका लागि सम्झाैता भएकाे छ ।
क्वाक गाउँ र काेलागाङ डाँडा । तस्विर राजेन्द्र न्याैपानेटावरकाे समस्याका कारण यस क्षेत्रमा भरपर्दाे इन्टरनेट सुविधा नभएका कारण सञ्चारमा समस्या पर्दै आएकाे छ । सार्वजनिक स्थानमा टावर राख्न भाडा नलाग्ने गरी प्रथम पक्ष ( नेपाल टेलिकम ) र दाेश्राे पक्ष (चुमनुब्री गाउँपालिका ) विच सम्झाैता भएकाे हाे । टेलिकमका तर्फबाट निमित्त निर्देशक सुरेन्द्रराज सिँह र प्रनेत बहादुर क्षेत्री र पालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ र वडा नम्बर ४ का अध्यक्ष पेमा डुण्डुप लामाले हस्ताक्षर गरेका छन् । चुमनुब्रीकाे न्याक, चुम र क्वाक डाँडामा बढिमा तिन महिना भित्र टावर जडान गर्ने निमित्त निर्देशक सिहले बताए ।सम्झाैताकाे लिखत तल हेराैँ ।