दाइजो नपाएर चेली जलेकै छन नेपालमा बलत्कारी को चपेटामा परेकै छन नेपालमा

शुक्रबार, मंसिर १९, २०७७
0
287

दाइजो नपाएर चेली जलेकै छन नेपालमा
बलत्कारी को चपेटामा परेकै छन नेपालमा

किताबमै समिती रहेको कानुनको दस्तावेज
निर्धोलाइ थुन्ने कानुन बनेकै छन नेपालमा

नगर देखि शहर सम्म चेलीबेटी लुटिन्छन
पहुँचबाल सारथीहरु छुटेकै छन नेपालमा

यस्तो हत्याहिंसालाई केको सज्ञाँ दिने हामी
सत्ताधारी नेताहरू नै चुकेकै छन नेपालमा

अपराधी छुटेको देखेकोछौं गणतन्त्रमा पनि
न्याय मरेपछी अन्याय सहेकै छन नेपालमा

सोमनाथ लुइटेल रवि पाल्पाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here