मङ्सिर २७, गाेरखा। जिल्ला सदरमुकाम गाेरखाबाट सिरान्चाेक गाउँपालिका वडा नम्बर १ केरावारी जाँदै गरेकाे ना ३ ख ८१४३ नम्बरकाे यात्रुवाहक बसले किच्दा सिरान्चाेक गाउँपालिका वडा नम्बर २ थालाजुङ श्रीचाैरका ४८ वर्षिय बुद्धि बहादुर रम्तेलकाे मृत्यु भएकाे जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए ।
सिरानचोक २ कै थालाजुङ नयाँबजारमा रम्तेल ओर्लन खोज्दा बसले किचेर गम्भिर घाइते बनेका थिए । सो लगत्तै उनलाई उपचारका लागि भच्चेक प्राथामिक स्वास्थ्य केन्द्र लगिएकाे थियाे ।
गम्भीर घाइते भएका रम्तेलको उपचारका क्रममा स्वास्थ्य केन्द्र साँझ ६:५० बजे ज्यान गएको ढकालले बताए । बस र चालकलाई प्रहरी चौकी भच्चेकले नियन्त्रणमा लिएको ढकालकाे भनाइ छ ।