मङ्सिर २७, लमजुङ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले यतिबेला संघीयता खोज्ने बेला नभएकाले संघीयताको विकल्प कसैले गरे खोजेमा देश र जनताको लागि निकै महंगो पर्ने बताएका छन् । गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिद्धारा पत्रकारहरुलाई बेँसीशहरमा आज आयोजित ‘कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको असर र अवको पत्रकारिता अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम’ को उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्रि चुमानले साे कुरा बताएका हुन् ।

संघीयता नहुँदा निश्चित समुह वा कसैको निम्ती राम्रो भएपनि देश र जनताको निम्ती निकै मंहगो पर्ने उहाँले बताउनु भयो । मन्त्री चुमानले भने ‘संघीयता कार्यान्वयको गर्दै छौ, विकास निर्माणका कामले गति लिएको छ । काम गर्दै जाने क्रममा कमजोरी हुन्छन् । कमजोरीलाई लिएर तिललाई पहाड बनाएर संघीयता माथि नै आच आउने गरी काम नगरौं ।’ संघीयताको पक्षमा दृदता पुर्वक अगाडी बढ्दै जसरी नी संघीयता सफल बनाउनु पर्छ ।’

कोभिडले सञ्चारकर्मी नागरिकको जनजिवन तहशनहन बनाइएको पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने र पत्रकारीताको गुणस्तरीय पनि माथि उठाउनलाई प्रदेश सरकार लागि परिरहेको बताए। पत्रकारहरुले लेखेको समाचार भाषा शैली, सत्यतथ्या हुनुपर्ने साथै पढौ–पढौ लाग्नुपर्ने खालको हुनुपर्ने उनकाे भनाइ छ ।
मन्त्री चुमानले भने ‘यतिबेला कस्को पक्षको कुन मिडिया सर्लकै छुटिन्छ । एउटै बिषय फरक÷फरक समाचार बन्छन । तथ्यमा आउँदैन ।’ प्रदेश सरकार कोभिड नियन्त्रणमा लागिपरिरहेको र यसको विकल्प लकडाउन नरहेको समेत बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले कोभिड १९ को महामारीका बेला हालसम्म ५ सय बढी पत्रकारहरु संक्रमित र केहीको निधन समेत भएको भन्दै सुरक्षा र सतर्कतालाई पहिलो प्राथमिकतामा राखेर समाचार सम्प्रेशन गर्नुलाई अनुरोध गरेका छन् ।
कोभिडले जनचेतना र जिम्मेवार ती कार्यहरु थप जिम्मेवार बनाउन सञ्चारकर्मीको भूमिका रहेको उनकाे भनाई छ । तीन वटै सरकारले प्रेस स्वतन्त्रमैत्री कानुन बनाएको छैन । यसको विरोधमा अझै पत्रकार महासंघको लडाई जारी रहेको नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव विष्टले बताए ।
उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले कोभिडले हामीलाई चुनौती र अवसरहरुको सिर्जना गरेको बताउँदै अवसरको उपयोग गरेर अघि बढनु पर्ने बताए । उनले सूचना र समाचारको पहिचान गर्नुपर्ने बताए । हामीले समाजलाइ सूचना दिएका हाैँ की समाचार दिएका हाैँ भन्दै साँसद दवाडीले प्रति प्रश्न गरेका छन् । ४८ घण्टा सरकारकाे विराेध गर्न खर्च गर्ने मिडियाहरु राम्रा कामकाे प्रचार गर्न किन हिच्किचाउँछन भन्दै दवाडिले प्रश्न गरेका छन् । देशैभरीका स्थानिय तहमा एकै पटक अस्पताल शिलान्यास गरेकाे विषय किन समाचार शिर्षक नबनेका हुन भन्दै उनले विराेध गर्नु मात्रै समाचार नभएकाे बताए। संचारमाध्यमले आवज विहिनहरुको आवाजलाई उजागर गर्नु पर्ने भन्दै सञ्चारमाध्यम बलियो भएमात्र संघीता र लोकतन्त्र बलियो हुने प्रदेशसभा सदस्य दवाडीले बताए ।
बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले कोभिड–१९ का सन्र्दभमा बेसीशहर नगरपालिकाले गरेका रोकथाम, उपचार, नियन्त्रण र राहत तथा सकारात्मक प्रयासका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले सहभागीहरुलाई प्रशिक्षण दिँदै तथ्य, तर्क र प्रमाणका आधारमा समाचार लेख्नु पर्ने बताउनु भयो । उनले खोज्दै आएको समाचारलाई नभई लुकेका र लुकाउन खोजेका समाचारलाई बाहिर ल्याउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य रामजी लम्सालले डिजिटल मिडियामा कोभिड–१९ ले पारेको असरका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा प्रदेशका लमजुङ, मनाङ,तनहुँ, सुस्ता पुर्व नवलपरासी लगायतका जिल्लाका ५५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
गण्डकी प्रदेशका एघार जिल्ला समेटेर तीन चरणमा आयोजना हुने सो कार्यक्रम मङ्सिर २६ र २७ गते लम्जुङ , २७ र २८ गते पोखरा र केहि समयमा पर्वतमा आयोजना हुने माहासचिब गणेश पौडेलले जानकारी दिए ।






