बागलुङ। एउटा बोकाको मूल्य कति पर्ला ? पक्कै तपाईंले भन्नुहुनेछ- केही हजार तर यहाँ एउटा बोकाको मूल्य ४ लाख रुपैयाँभन्दा बढी तोकिएको छ।
बागलुङ नगरपालिका-११ रायडाँडाका चिरञ्जीवी केसीले ४ लाख रुपैयाँ तिर्ने आउँदा पनि बोका नबेचेको बताएका छन्। ‘मैले अझै केही समय पाल्ने भनेर दिइनँ,’ केसीले भने, ‘अर्को बोका किनेपछि साढे ४ लाख रुपैयाँ पाए मात्रै बेच्छु।’
अस्ट्रेलियन बोयर जातको यो बोकाको तौल १ सय २० केजी छ । यो २८ महिनाको भयो। केसी पशु प्राविधिक पनि हुन्। मौरीपालन व्यवसायबाट तीन वर्षअघि बाख्रापालनलाई उनले व्यावसायिक बनाएका हुन् । कान्तिपुरमा खबर छ।






