Home Breaking News गाेरखाबाट धादिङ, नुवाकाेट हुँदै नेपाली सेना काठमाण्डाै पुग्ने

गाेरखाबाट धादिङ, नुवाकाेट हुँदै नेपाली सेना काठमाण्डाै पुग्ने

शुक्रबार, पुस १७, २०७७
0
404

पुस १७,गाेरखा ।  नेपाली सेनाले गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाडौं सम्म एकीकरण पदयात्रा गर्ने भएको छ ।

नेपाल एकीकरणका बेला गोरखाका राजा पृथ्वीनारायण शाह र उनका गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले पौष २१ गते देखि २७ गते सम्म पदयात्रा गर्ने भएको हो ।

पृथ्वीनारायण शाहले तत्कालिन गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका पदमार्ग समेटेर नेपाली सेनाको रणसिंह दल गणले गोरखा दरबारबाट टर्च र झन्डा लिएर धादिङ र गोरखा जिल्लाको सिमानामा पर्ने बोर्लाङघाटमा आएर धादिङ स्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई पदयात्रामा प्रयोग गरिएको सेनाको झण्डा र टर्च हस्तान्तरण गर्नेछ ।

त्यसपछि श्री देविदत्त गणको टोलीले धादिङको बुङकोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा, खहरे, चरङगे पौवा, चरङ्गे, कटुन्जे, पन्ध्रकोषे, थर्पु हुँदै भर्याङभुरुङ सम्मको करिब ४२ किलोमिटर दुरी पार गरी नुवाकोटमा रहेको श्री जबर जंङ गणलाई हस्तान्तण गर्नेछ ।

पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उद्देश्यले यो यात्रा हुन लागेको सेनाले जनाएको छ ।

गोरखा, धादिङ , नुवाकोट हुँदै काठमाडौं सम्म उक्त पदमार्गको दुरी २६ कोष रहेको छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाण्डौ राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाण्डौ सम्म ओहोर दोहोर गरेको इतिहासमा भेटिन्छ ।

विसं २०३१ सालमा पृथ्वी राजमार्ग चालु हुनुअघि काठमाण्डौ बाट पश्चिमी भेगका बासिन्दा राजधानी काठमाण्डौ सम्म पैदल ओहोर दोहोर गर्ने गरेको बुढा पाकाहरु बताउँछन् ।

 

NO COMMENTS