गाेरखा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वरमा निर्माण भएको स्वास्थ्य चौकी भवन उद्घाटन गरेका छन् । मन्त्री बस्नेतले बिहिबार एक कार्यक्रमको बीच भवनको उद्घाटन गर्दै नारेश्वरमा जिल्ला स्तरकै बर्थिक सेन्टर तीन महिना भित्र निर्माण गरिने बताए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत एक करोड ६५ लाख ९४ हजार एक सय ७४ रुपैँया लागतमा उक्त भवन निर्माण गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) गोरखाकी प्रमुख सिनिएर डिभिजन ईन्जिनियर सुनिता क्षेष्ठले जानकारी दिईन् ।
कार्यक्रममा मन्तव्य राख्दै मन्त्री बस्नेतले संघियता आईसकेछि मुलुकमा बिकास र सम्बृद्धिको लहरहरु आउन थालेको बताए । ‘संघियता आईसकेपछि गाउँगाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक बिजुुलीको बिस्तार र बिकास हुँदैछ । त्यसमा गुणस्तरीयता आउँदै छ । तर, तीन ओटा सरकार मध्य कुनै एउटा सरकारले मात्रै चाहेर बिकास र सम्वृद्धि आउँदैन, आएको हैन तसर्थ हामी तीनै तहका स्थानीय सरकार मिलेर काम गर्नुपर्छ’, मन्त्री बस्नेतले भने ।
कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुुख राजनराज पन्तले उक्त स्वास्थ्य चौकी सञ्चालनमा ल्याउनका लागि आबश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘हिजो हामीसँग आबश्यक स्रोत साधन थियो होला तर भवन थिएन । आज हामीसँग भवन छ तर आबश्यक स्रोत साधन अपुग हुुनसक्छ । भएका स्राेत साधन प्रयाेग गरेर स्वास्थ्य चाैकी सञ्चालनमा सहयाेग गर्ने छाैँ ।
गोरखा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष एवं स्वास्थ्य चौकी ब्यबस्थापन समितीका अध्यक्ष बोगटीको अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।






