Home Breaking News विहिका १२ वर्षिय बालक बुढिगण्डकी नदिमा बेपत्ता

विहिका १२ वर्षिय बालक बुढिगण्डकी नदिमा बेपत्ता

सोमवार, पुस २०, २०७७
0
348

पुस, २० गाेरखा । गोरखाको चुमनुव्री गाउँपालिका–५ बिही स्थित बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । गएको शुक्रबार बिहान करिब १०:३० बजेको समयमा गाउँपालिकाको वडा नम्बर ४ प्रोकमा रहेको पानीघट्टामा जाने क्रममा बूढीगण्डकी नदी माथिको काठेपुल तर्दै गर्दा १२ बर्षिय बालक पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन् ।

बूढीगण्डकी नदी माथि दुई वटा मुढा तेस्र्याएर बनाएको पुल तर्ने क्रममा बालक एक्कासी नदीमा खसेको बालकका बुबा मिङ्ग्युर दोर्जे लामाले जानकारी दिए । ‘काठेपुलमा एकैचोटी दुई जना तर्न नमिल्ने भएकाले म पैले पुल तरेर पारी गए, उनले भने, छोरो पछिपछि आउदै थियो तर एक्कासी नदीमा खस्यो ।’

छोरा नदीमा खसेपछि बचाउन भनि आफु पनि बूढी गण्डकी नदीमा हेलिएको भएपनि भेट्टाउन नसकेको र पानीले आफुलाई भने धेरै तल पुर्याएर पाखामा हुत्याई दिएपछि बाँचेको उनले बताए । पुलबाट नदीले बगाएर बेपत्ता भएका छोरा भने अझै पनि नभेटिएको उनकाे भनाई छ ।

बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले घटनाको बारेमा जानकारी ढिलो गरि प्राप्त भएको हो । नजिक रहेकाे प्रहरी चाैकी प्राेक र सिर्दीवास एक / एक दिनकाे दुरीमा पर्दछ ।

NO COMMENTS