पुस २०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले गण्ढकी प्रदेश इन्चार्जकाे जिम्मेवारी देवेन्द्र पाैडेललाइ प्रदान गरेकाे छ । यस अघिका इन्चार्ज मुख्यमन्त्री समेत रहेका पुथ्वी सुब्बा गुरुङलाइ दाेहाेराे जिम्मेवारी परेकाे र गुरुङ लाेकतन्त्रका विपक्षमा उभिएकाले उनलाइ जिम्मेवारीबाट हटाएकाे हाे ।

पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट शँकर पोखरेललाई हटाएको हो । गण्डकीमा पौडेल र लुम्बिनीमा युवराज ज्ञवाFली इन्चार्ज तोकिएका छन् ।
प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा इन्चार्ज यथावत छन् । यस अघि ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।
सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए । यो बैठकले नेताहरुको जिम्मेवारी टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल पनि बनाएको छ ।






