हिमाली क्षेत्रमा भीषण हिमपात, जनजीवन कष्टकर

सोमवार, पुस २०, २०७७
0
261

पुस २० गाेरखा । माैसममा आएकाे वदलीसँग देशका हिमाली क्षेत्रमा भीषण हिमपात भएकाे छ । आज देशैभरीकाे माैसममा बदली भएकाे माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ । एक दुइ दिन जिल्लाकाे हिमाली क्षेत्रमा हिमपात हुने र विहीबार देखि माैसममा सुधार भइ शुक्रबार घाम लाग्ने महाशाखाले जनाएकाे छ ।

हिमपातका कारण गाेरखाकाे ल्हाे, सामागाउँ र छेकम्पारमा डाडाबस्ती सेताम्य भएका छन् । यसैवीच आज परेकाे हिमपातका कारण  हुम्ला स्थित सिमकोट बिमानस्थलमा तारा एयरको बिमान थन्किएको छ । हुम्लामा हिमपात भएपछि दुईवटा तारा जहाज विमानस्थलमै थन्किएका हुन ।

तारा एयरको जहाजमा ब्याट्रीमा सामान्य समस्या भएकोले मर्मत गर्न अर्को जहाजमा प्राविधिक टोली लिएर आएर थियो । तर मर्मत गरि फर्कने बेला मौसम खराब भएपछि रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख बिष्णु अधिकारीले जानकारी दिए ।

तारा एयरका सिमकोट श्रोतका अनुसार मौसम खराब भएपछि जहाज सिमकोटमै रोकिएको जनाएको छ । तारा एयरमा नेपालगञ्ज सुर्खेत, काठमाडौ जाने यात्रुहरू जहाज यतै थन्किएपछि सिमकोट रोकिन बाध्य रहेका छन् ।

पूर्वी क्षेत्रमा समेत हिमपात भएकाे छ । विमास्थलमा हिउँ परेका कारण काठमाण्डाैबाट हिमाली जिल्लामा हुने उडानहरु राेकिएकाे नागरिक उड्यन प्राधिकरण कार्यालयले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here