Home Breaking News शहिद लखन ६ घैरुङ घर भएका ३२ वर्षिय युवक पाेखरा महानगर १९...

शहिद लखन ६ घैरुङ घर भएका ३२ वर्षिय युवक पाेखरा महानगर १९ लामाचाैरमा मृत अवस्थामा भेटिए

बुधबार, पुस २९, २०७७
0
341

साँकेतिक तस्वीर

पुस २९,पाेखरा । गोरखाका एक युवक आज मृत भेटिएका छन् । शहिद लखन गाउँपालिका–६ घर भएका ३२ बर्षका सुरेश कोइराला कास्की पोखरा महानगरपालिका–१९ लामाचौरको खेत भन्ने स्थानमा मृत अबस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

कृष्ण मजाकोटीले त्यहाँ सञ्चालन गर्दै आएको फर्निचरमा काम गर्दै आएका कोइराला उद्योग भित्र ब्लकले बनेको कोठामा भित्रबाट चुक्कुल लगाई सुतेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बिहान नउठेपछि प्रहरीलाई खबर गरेपछि स्थानीयबासीको राेहवरमा ढोका फुटाएर हेर्दा खाटमा कोल्टो परी मृत अबस्थामा कोइराला भेटिएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

NO COMMENTS