आँवुखैरेनी १८ माघ । नेपाल शिक्षक महासँघ आँवुखैरेनी गाउँपालिका सँयाेजकमा प्रकाश भण्डारी चयन भएका छन् । आँवुखैरेनी गाउँपालिका स्थीत अकला मन्दिर परिसरमा शनिबार भएकाेले शिक्षकहरुकाे भेलाले भण्डारीलाइ सँयाेजक चयन गरेकाे हाे । शिक्षक महासँघ तनहुँका सह सँयाेजक समेत रहेका भण्डारीकाे अध्यक्षतामा भएकाे भेलाले भण्डारीकाे नेतृत्वमा सात सदस्यीय समिति गठन गरेकाे हाे ।
सदस्यहरुमा अखिल नेपाल शिक्षक सँगठन, नेपाल राष्ट्रीय शिक्षक सँगठन र नेपाल शिक्षक सँघका अध्यक्ष र सचिव गरी छ जना सदस्यहरु रहेका छन् । आँवुखैरेनी गाउँपालिका भित्रकाे शिक्षाकाे विकाससँगै शिक्षकहरुकाे पेशागत हितका लागि महासँघले काम गर्दै आएकाे छ । समितिले शिक्षकहरुकाे वृहत भेला गरी महासँघकाे अधिवेशन गर्ने जिम्मेवारी समेत पाएकाे भेलामा सहभागी एक शिक्षकले जानकारी दिए ।