कक्षा ११ र १२ मा गणित अनिवार्य समूहमा पढ्न पाइने, नेपाल गणित समाजद्वारा निर्णयकाे स्वागत

शुक्रबार, माघ १६, २०७७
0
337

पाेखरा १६ माघ । कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने भएका छन् ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो ।

परिषद्को निर्णय अनुसार विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मनासलु डटकमलाइ जानकारी दिए । उनी भन्छन्, ‘गणित वा सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षा अनिवार्य हुने निर्णय भएको छ ।’ यसअघि गणितलाई ऐच्छिक विषयमा राखिएको थियो ।

गणितलाई अनिवार्य बनाउन लविङ गर्दै आएको नेपाल गणित समाजले सरकारको यो निर्णयको स्वागत गरेको छ । समाजका सचिव डा. दिनेश पन्थी भन्छन्, ‘यो निर्णयका लागि नेपाल सरकार र यो अभियानमा साथ दिनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here