Home Breaking News सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने गरी दिएको आदेशको स्वागत गर्दै गोरखामा दिपावली

सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने गरी दिएको आदेशको स्वागत गर्दै गोरखामा दिपावली

बुधबार, फाल्गुन १२, २०७७
0
267

फागुन १२, गोरखा । सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने गरी दिएको आदेशको स्वागत गर्दै गोरखामा दिपावली गरिएको छ । स्वत:स्फूर्त नागरिकहरुले दिपावली गरेका हुन् । झापा जिल्ला घर भएका खडग प्रसाद आेलीले नेपाली राजनीतिमा निरँकुशता लाद्ने दुष मनासयका साथ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर नेपालकाे सँविधान २०७२ खारेज गर्ने तयारी गरेका थिए । असँवैधानिक कदमकाे  नेपाल कम्युनिष्ट पार्टीले विराेध गर्दै आएकाे थियाे ।

देशमा नेपाली जनताकाे जीत भएकाे भन्दै राष्ट्रिय युवा संघमा आवद्ध युवाहरुकाे समूहले मोटरसाइकल र्याली गरेको थियो । दिपावली सहित गाेरखावासी नागरिकहरुले चकलेट बाँडेर खुशीयाली मनाएका थिए ।

सर्वोच्च अदालतले मंगलबार गरेको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

 

NO COMMENTS