Home Breaking News शहिदलखनमा ६५ वर्ष माथिका नागरिक र शिक्षकहरुलाइ २३ गतेदेखि काेराना भाइरस विरुद्धकाे...

शहिदलखनमा ६५ वर्ष माथिका नागरिक र शिक्षकहरुलाइ २३ गतेदेखि काेराना भाइरस विरुद्धकाे खाेप लगाउने

शुक्रबार, फाल्गुन २१, २०७७
0
323

शहिदलखन २१, गाेरखा । शहिदलखनका ६५ वर्ष माथिका नागरिक र शिक्षकहरुलाइ २३ गतेदेखि काेराना भाइरस विरुद्धकाे खाेप लगाउने भएकाे छ ।

गाउँपालिकामा विहिबार भएकाे पालिका स्तरीय खाेप समन्वय समिति एव‌म् सराेकारवालाहरुकाे अभिमूखिकरण कार्यक्रममा साे कुरा जानकारी गराइएकाे हाे ।

गाउँपालिका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी,प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आलेमगरकाे समुपस्थितिमा भएकाे उक्त कार्यक्रममा पालिका भित्रका झण्डै ६ हजार ५०० नागरिकहरुलाइ खाेप लगाउनुपर्ने तथ्याङ्क सँकलन भएकाे जानकारी गराइएकाे थियाे । पालिका भित्र पहिलाे चरणमा प्राप्त हुने खाेप ६५ वर्ष उमेर समूहका नागरिकहरुलाइ लगाइने र पछिल्ला दिन शिक्षकहरुलाइ लगाइने याेजना रहेकाे कार्यक्रमबाट जानकारी दिइएकाे छ।

फागुन २३,२४ र २५ गते पालिका भित्र रहेका नाै वटै वडाका स्वास्थ्य केन्द्रबाट खाेप लगाइने भएकाे हाे । गाउँ गाउँमा रहेका खाेप केन्द्रबाट नभै वडामा रहेका स्वास्थ्य चाैकीबाट खाेप लगाइने कार्यक्रम रहेकाे शहिद लखन गाउँपालिका स्वास्थ्य सँयाेजक विरेन्द्र श्रेष्ठले बताए । स्वास्थ्य चाैकीमा रहेका कर्मचारीहरुलाइ खाेप लगाउने बारेमा तालिम प्रदान गरिएकाे छ, तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले खाेप लगाइदिनुहुनेछ । खाेप लगाउनका लागि स्वास्थ्य चाैकीसम्म आउन उनले आग्रह गरे ।

पालिकामा रहेका सबै शिक्षकहरुलाइ एकैपटक खाेप लगाउँदा विद्यालयमा बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले आलाेपालाे प्रणाली अपनाइ खाेप कार्यक्रममा भाग लिन शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायत सराेकारवालाहरुकाे सहभागिता रहेकाे थियाे । जिल्लाका केही पालिकाहरुमा यस अघि नै खाेप लगाइएकाे छ भने केहीमा दाेश्राे चरणबाट शुरु हुने खाेप कार्यक्रमबाट खाेप लगाउने तयारी भइरहेकाे छ । दाेश्राे चरणकाे खाेप अभियान फागुन २३ गतेबाट सञ्चालन हुँदैछ ।

NO COMMENTS