Home Breaking News गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्ताव आज टेवल हुने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्ताव आज टेवल हुने

सोमवार, बैशाख १३, २०७८
0
257

पोखरा, १३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्ताव सोमबार टेवल हुने भएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव सोमबार शुरु हुने गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा टेबल हुने भएको हो ।

एमालेका मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी (राजपा)ले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

मुख्यमन्त्री गुरुङविरुद्ध गत चैत २८ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्ताव दर्ता हुनु अघि नै प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए । लगत्तै अविश्वासको प्रस्ताव दर्ता गरेका कांग्रेस, माओवादी केन्द्र र राजपाले विशेष अधिवेशन माग गर्दै समावेदन गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले बैशाख १३ गते सोमबारदेखि दिउँसो २ बजेदेखि बैठक बस्नेगरी विशेष अधिवेशन आह्वान गरेका थिए ।

संसदको विशेष अधिवेशन शुरु भएलगत्तै अविश्वास प्रस्ताव टेबल गर्ने कार्यसूची बनेको छ । विशेष अधिवेशन शुरु हुने अघिल्लो दिन आईतबार संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची तय गरेको संसद सचिवालय गण्डकी प्रदेशका सचिव हरि पोखरेलले जानकारी दिए ।

NO COMMENTS