Home Breaking News काेराेना सङक्रमणका कारण एक हप्तामा गाेरखाका तीन जनाकाे मृत्यु

काेराेना सङक्रमणका कारण एक हप्तामा गाेरखाका तीन जनाकाे मृत्यु

सोमवार, बैशाख १३, २०७८
0
345

बैशाख १३, गोरखा । कोरोना संक्रमित पालुङटार नगरपालिका वडा नं ५ की ६७ बर्षकी महिलाको गएराती घरमै मृत्यु भएसँगै पछिल्लाे एकहप्ताकाे अवधिमा काेराेना सङक्रमणका कारण गाेरखाका मृत्यु हुनेकाे सँख्या तीन पुगेकाे छ । काठमाण्डौं क्यान्सर सेन्टरमा हिजो भएको कोरोना परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको महिलालाइ आइतबार दिउँसो पालुङटार स्थित  घर ल्याईएकोमा गए राती मृत्यु भएको जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

यस अघि काेराना सङक्रमणका कारण गाेरखामा दुइ जनाकाे मृत्यु भएकाे थियाे । जिल्लाकाे भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेलमा साेमबार ७९ वर्षिय वृद्धकाे मृत्यु भएकाे थियाे ।   गाेरखा नगरपालिका वडा नम्बर १४ का ५५ वर्षिय पुरुषकाे  चितवनमा मृत्यु भएकाे थियाे । भारतबाट घर फर्कीएका पुरुषकाे साेमबार काेराेना पुष्टि भएकाे र आज निधन भएकाे हाे ।

 

 

NO COMMENTS