Home Breaking News मनकामना केवलकारका एक कर्मचारीलाइ काेराेना सङक्रमण

मनकामना केवलकारका एक कर्मचारीलाइ काेराेना सङक्रमण

मङ्लबार, बैशाख १४, २०७८
0
263

बैशाख १४ गाेरखा । मनकामना दर्शन प्रा.लि.का एक कर्मचारीलाइ कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजमा बैशाख १२ गते गरिएको परिक्षणमा नेपाल कै पहिलो केबुलकार मनकामना दर्शन प्रा.लि.का एक ५२ बर्षिय पुरूष कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

केही समय अगाडी मनकामना दर्शन गर्न आएका नीजका चिनजानका एक व्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि कन्ट्र्याक ट्रेसिङ्गको आधारमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको मनकामना दर्शन प्रा.लि. का नायब महाप्रबन्धक उज्वल शेरचनले बताए ।

संक्रमितको सम्पर्कमा रहेका अन्य कर्मचारीकोहरुको स्वाब परिक्षण गरिएको र रिपोर्ट आज बेलुकी सम्म आउने जानकारी दिदैँ केबुलकारमा संक्रमितको संख्या थपिए केबुलकार बन्द गर्न सक्ने जानकारी दिए ।

NO COMMENTS